फुट्दैछ ज्वालामुखी Thumbnail

फुट्दैछ ज्वालामुखी

ज्वालामुखी फुट्दैछ
त्यसको पुर्बानुमान गर्दै
त्यो तत्पर छ फुट्न
झलास्य हुन्छु
कही दृष्‍टि भ्रम त होइन ?
बिवस भएर हेरी रहेछु
रोक्न कुनै सामर्थ्य छैन
यहाँ कम्पन भैरहेछ
महा भुकम्प जादैछ
शायद प्रलय त हुने होइन ?
प्रश्न मन भित्र खेली रहेछन
तथापी ज्वालामुखी फुट्दैछ ।

बायु मण्डलमा असर गर्नेछ
बर्षात पनि हुन सक्छ
त्यसले बाढी ल्याउनेछ
कचीगंर सब बगाउनेछ
अनि त्यसले सृस्‍टिलाई
सुन्दरता दिनेछ
त्यसैले ज्वालामुखी फुटदैछ ।

ज्वालामुखी सुसुप्त छैन
गुम्सिएका लाभाहरु फ्याक्दैछ
त्यहा तरगं फैलिरहेछ
रापले किट पतगं जलिरहेछन
केही मानब र जन्तुहरु भागीरहेछन
ज्वालामुखी बिद्रोह गर्दैछ
प्रकृति माथिको अन्याय सम्झिएछ
ज्वालामुखी फुटदैछ
म किंकर्तब्यबिमुढ छु
बिवस भएर बसिरहेछु
नियन्त्रण असंभब छ
किनकी त्यो ज्वाजल्यमान छ
पागल छ
प्राकृतिक शक्तिमा निर्भर छ ।

ज्वालामुखी फुट्दैछ
चट्टानको आबिस्कार हुँदैछ
चट्टान मात्र हैन
सागर बिच सुन्दर
टापु निर्माण हुँदैछ,
त्यसैले ज्वालामुखी फुटदैछ ।

About the Author

has written 5 articles on Weblog.com.np.

Visit this author's website   ·   View more posts by

Sharing is caring.
  • Share this post on Facebook
  • Tweet about this post
  • Share this post on Delicious
  • StumbleUpon this post
  • Share this post on Digg
  • Share this post on Mixx
  • Share this post on Technorati
  • Share this post on NewsVine
  • Share this post on Reddit
  • Share this post on Google
  • Share this post on LinkedIn
  • Subscribe to our feed

Discussion

No responses to "फुट्दैछ ज्वालामुखी"

There are no comments yet, add one below.

Leave a Comment