अनियन्त्रित पाइलाहरु Thumbnail

अनियन्त्रित पाइलाहरु

लर्बराइरहेका छन पाइलाहरु
शिषिरको तुषारापातमा
हिउले कठाँग्रिएका खुट्टाहरु
अस्थित्वका
अस्थाई छापहरु छाड्दै ,
लम्किरहेछन
फगत छन
अनियन्त्रित पाइलाहरु ।

उफ्!
गार्हो छ लम्किन
जम्नै नसकेको हिउको कवचमा
फुस्स फुस्स उडिरहेको हिउमा
दृष्‍टि बिहीन छ गन्तब्य
भौगोलिक अवस्था हो या
प्राकृतिक नियम
तर अभिसाप त होइन ?
यी अनियन्त्रित पाइलाहरु ।

यद्धपी
असहज परिस्थिती का बाबजुद
पाइलाहरु लम्किरहेछन
प्रतिकुल छ मौसम
नग्न छन् ब्रिक्षहरु
उजाड छ धर्ती
गुन्जायस छैन यंहा
मौन छन् मनहरु
भासिएका पाइलाहरु
छोडिएका केही छापहरु
फुस्स झरेको हिम्पातले
पुरिएका छन् डोबहरु
चिप्लिएका छन् कदम
अस्पष्ट छन्
अनियन्त्रित पाइलाहरु ।

केवल
शिषिरको अन्त्य सँगै
बसन्तको प्रबेसले
ॠतुहरुको आगमनमा
पूर्वोदयको बिहानीलाई
पर्खिरहेका
यी अनियन्त्रित पाइलाहरु ।

About the Author

has written 5 articles on Weblog.com.np.

Visit this author's website   ·   View more posts by

Sharing is caring.
  • Share this post on Facebook
  • Tweet about this post
  • Share this post on Delicious
  • StumbleUpon this post
  • Share this post on Digg
  • Share this post on Mixx
  • Share this post on Technorati
  • Share this post on NewsVine
  • Share this post on Reddit
  • Share this post on Google
  • Share this post on LinkedIn
  • Subscribe to our feed

Discussion

No responses to "अनियन्त्रित पाइलाहरु"

There are no comments yet, add one below.

Leave a Comment