कम्प्यूटरको मुटु प्रत्यारोपण ! Thumbnail

कम्प्यूटरको मुटु प्रत्यारोपण !

मित्रहरु सहयोगी हुनुपर्दछ । असहयोगी दर्जामा उक्लिएर गरिने र बन्ने मित्र सम्बन्ध दिगो हुदैन । मेरो अभिप्राय मित्रहरु एकअर्काकै लागि कुनै पनि बेला सहयोगी र आत्मसाथ दिनुपर्दछ भन्ने हो । नत्र किन मैले मेरो कम्प्यूटरको मुटु प्रत्यारोपण प्रकि्रयामा मित्र अभावको रोगले ग्रसित बन्थे र ?

कहिलेकाही नसोचेको भईदिन्छ अर्थात प्रगति र आशामा उज्यालो । मैलै चिताएको थिए की अनलाईन पत्रिका डट कम राम्रो बनाउन सकियोस् । हरेक पटकको भेटघाट र भलाकुसारीमा वेव डाक्टर प्रशान्तसँग कुराकानी हुन्छ । यो हाम्रो साँझको दैनिकी पनि हो र कामको थकान मेटाउने अर्का उपाय ।

यस्तै गफ गाफमा एउटा नयाँ पहलका लागि सुर कसे । अनलाईन पत्रिकालाई छापाको माध्यममा ल्याउने । मैलै शब्दहरुमा वचन जनाएकै थिए की चाँडै यसलाई साप्ताहिक वा दैनिकी बनाउँछु । तर त्यो मेरो आत्म पहलले निकै महिना र धैरै वर्ष लिएन अर्थात महिनादिनमा जुटे साप्ताहिक पत्रिका प्रकाशनको लागि ।

स्वतन्त्र पत्रकारिता लेखनको यात्रासँगै अघि बढाएको अनलाईन पत्रिका डटकमलाई छापा संस्करणमा ल्याउन त्यति सहज छैन । यद्दपी प्रयास गर्देमा के नै जान्छ र भन्ने आत्मबल बोलिरहेकेा छ ।

केही महिना अघि मासिक भनेर दर्ता गरिएको अनलाईन पत्रिका साप्ताहिकमा रुपमा ल्याउनका लागि मैले निकेपटक सोचिन् बश आत्मशक्ति बढ्यो र प्रारम्भ गरेको हुँ । यात्रामा रोल्पाका मित्र
रामकुमार बुढामगर पनि छन् । जसले काठमाडौं खाल्डोमा विश्वासी बनेका छन् ।

फेरि यो आत्मबलसँगको निजी सहमतिको प्रारम्भ सहयात्रा निकै गाहो र संधर्षपुर्ण रहेको दृश्यरेखा मेरो आँखामा प्रस्ट आएको थियो ।

यसको हप्तादिन नबित्दै अचानक काम रोकियो र बाँकी रहेका मुख्य काम छेकियो । जब अचानक कम्प्युटरको मुटु बिगि्रयो । बुधबार बिहान निदाएको मेरो कम्प्युटरको मुटु सोमबारको दिउँसोसम्म अचेत थियो । त्यही मुटु फेरि चलाउन उसको घर न्यूरोडस्थित लोयल कम्प्युटर पुगे । त्यहाँ उनका डाक्टर अन्य नयाँ र पुराना उपचारको क्रममा निकै व्यस्त भएका हुन्थ्यो । आजपनि त्यही दृश्यमा निकैबेर अलमलिए । उनलाई बचाउन निकै व्यक्तिकहाँ पुगे । कम्प्युटरका ज्ञान बोकेका निर्मल रमेश डण्ड तारा लगायत निकैसँग कुराकानी भयो । कतैपनि यसको उपचार नहुने देखियो । सूचना साचारको फड्कोमा कम्प्युटरको मुटु नयाँ पो जन्मिएको रहेछ । अर्थात मेरो मुटु पुरानो मोडेलको भईसकेछ ।

निराशा र हताशा बिच उनको त्यो मुटु फेर्नुपर्ने बाध्यता आयो । मुटुमा कैद गरिएका कतिपय ऐतिहासिक तस्विर शब्दहरुका भण्डार लगायत सबैको एकैपटक सकिने दिन आएको थियो । यो पीडामा मेरो मन व्याकुल बनेको थियो । कुनैपनि उपायहरु थिएन । एउटा उपाय भने यसलाई ईण्डिया सम्म लाने सहमतिको कुरा आयो । मेरो मनले यसलाई स्विकार्ने सकेन । यही अन्तिम बिकल्प देखिएको हुनाले अरु कतैतिरको उपचार प्रवृतिलाई ध्यान दिईन । महंगो उपचार देखिएको र साथमा फेरि उपचारार्थ कममात्रै खर्च भएकोले साथीभाई गुहारे । तर सहयोगी हातको लागि कोही पनि तयार देखिएन । सबैका एकै जवाफ थिए मेरो पनि समस्या बुझनुस् न ।

मेरो मनमा त्रास बढ्यो । के अब मेरो कम्प्युटर बाँच्दैन् र म भित्र निराशाका बादलहरु मडारियो । मैलै मेरो कम्प्युटरको दाहसंस्कारको अन्तिमपल कल्पना गर्ने थाले । मृत्युको घोषणामा शोकमग्न हुनथाले । धैरै भगवानहरु मनका अन्तरकुनामा प्रकट भए । सोचमा आदेश देखिए र म ईभेष्टमेन्ट बैकतिर सोझिए । मसँग बेहिसाबमा रहेको मेरो खाताबाट सोचेजति पैसा निस्कियो । त्यो भन्दा अघि हिमालयन बैकबाट केही निकालेको थिए । अब केही नपुग रकमको छुट दिने पुर्ण आशामा उही डाक्टरकहाँ पुगे । डाक्टरको कडा मनले बल्ल बल्ल माने ।

अनि खुशी बन्दै नयाँ मुटु प्रत्यारोपणको लागि सफलता पाएँ । त्यो खुशीलाई म मेरो कम्प्युटरको शरीरमा बनेका खण्ड खण्ड अक्षर निर्मित बोर्डहरुमा औला चलाईरहेको छु । शब्दमा निकै कुराहरु पोखिरहेको छु । यो हर्षलाई अंगालीरहेको यो समयमा एक प्रश्न मेरो मनमा जटिल भएर उठेको छ । आखिर कम्प्युटर त जिवित बनाउन सफल भए । तर यति विश्वासमा राखिएको मेरो झण्डै ८ महिनाको पत्रकारिताको सफलता भरिएको लेखहरु तस्वीर लगायत सबै समाप्त भए । म शुन्य बनेको छु अनि नितान्त खाली पनि । के यसको कुनै उपाय छ न कसैसँग मेरो सम्पतिको प्रत्यारोपण गर्ने सक्ने खुबी नै छ । होईन कोही छ । मेरो भित्री मनले यो आवाजमा आक्रोश पोखिरहँदा निर्जिव बनेको मेरो कम्प्युटरले सांकेतिक शैलीमा यसमा सहमति जनाउँदै भनिरहेको छ । हिजोसम्म मुटु नबिगि्रदाँ सबैका लागि श्वास फेरियो सबैका सुखदुख र रमाईला कुरा बाँडियो तर आज यो समस्याले घेर्दा कोहीपनि देखिएन सहयोगको । कम्प्युटर बोल्छ ।

अबको यो प्रत्यारोपण गरिएको मुटुको भर छैन । त्यसैलै अब जति बाँच्छु स्वार्थमा बाँच्छु । अनि जति जिउँछु स्वार्थमा जिउँछु । हिजोको त्यो अन्तिम समयसम्म अरुको लागि बाँच्दा के मिल्यो र मैलै पनि सहमति जनाउँदै यी शब्दहरुमा मेरा भावनाका अंशहरु पनि मिसाएको छु । कुनैबेला पर्दा र मर्दा कोही सहयोगी हुन्न भने त्यस्ता पनि कोही साथी हुनसक्छ र

About the Author

has written 7 articles on Weblog.com.np.

An editor and photo journalist

Visit this author's website   ·   View more posts by

Sharing is caring.
  • Share this post on Facebook
  • Tweet about this post
  • Share this post on Delicious
  • StumbleUpon this post
  • Share this post on Digg
  • Share this post on Mixx
  • Share this post on Technorati
  • Share this post on NewsVine
  • Share this post on Reddit
  • Share this post on Google
  • Share this post on LinkedIn
  • Subscribe to our feed

Discussion

No responses to "कम्प्यूटरको मुटु प्रत्यारोपण !"

There are no comments yet, add one below.

Leave a Comment