म देशद्रोही होइन Thumbnail

म देशद्रोही होइन

रित्तो भाडा एक आपसमा ठोकिएर,

चर्को स्वरमा बिद्रोह गर्न लाग्छन्

म ति भाडाहरुमा थोरै चामलको गाँस उमाल्न लाग्दछु

वा भनौ जिन्दगीको लागि स्वाँस उमाल्न लाग्दछु

त्यही बेला तिम्रो नारा गुन्जिन्छ

तिमी जुलुश निकलेर सडकमा ओर्लिन्छौ

तिमीले सडक हुँदो ढुङ्गा हान्दै गर्दा

मलाई मेरा भोक पेट लिएका छोराछोरीका मलिन अनुहारले

रिक्सा निकाल्न लगाउँछ

तर तिम्रो जुलुश तोडेर जाने हिम्मत गर्दैन मेरो रिक्सा

अचानक ममा पनि बिद्रोह जन्मन्छ

म तिम्रो बन्दलाई तोड्ने मन गर्छु

तिमीले भाषन गर्दैगर्दा

म राशनको बारेमा सोच्दै हुन्छु

न त तिम्रो भाषन सुन्ने फुर्सद मलाई

न त ढुङ्गा हन्ने फुर्सद

तिमी सँग ढुङ्गा हान्न आएन भनेर

टायर बाल्न भ्याएन भनेर

मलाई देशद्रोही करार नदिनु

म देश द्रोही होइन

Author
Asim Iman

About the Author

has written 2 articles on Weblog.com.np.

Visit this author's website   ·   View more posts by

Sharing is caring.
  • Share this post on Facebook
  • Tweet about this post
  • Share this post on Delicious
  • StumbleUpon this post
  • Share this post on Digg
  • Share this post on Mixx
  • Share this post on Technorati
  • Share this post on NewsVine
  • Share this post on Reddit
  • Share this post on Google
  • Share this post on LinkedIn
  • Subscribe to our feed

Discussion

No responses to "म देशद्रोही होइन"

There are no comments yet, add one below.

Leave a Comment