पुरा ५ दिन पछि काठमाडौं आएर अनलाईन हुन पाए । हाम्रो चर्चबाट हेटौंडामा युवा रिट्रिटको आयोजना गरिएको थियो । ३ दिनको सो क्याम्प हेटौंडाको Solidarity International Academy कम्पाउण्डभित्र भएको थियो । लगभग ३५० जना युवाहरुको सहभागितामा सम्पन्न भएको सो क्याम्प मेरो लागि साँच्चै नै आशिषमय भएको थयो । सो क्याम्पमा मैले अनुभब गरेको कुरा अर्को पोस्टमा लेख्नेछु । नेपाली युनिकोडमा टाईप गर्ने बानी नभएकोले यति लेख्न पनि कस्तो गाह्रो भईराखेको छ । आजको यात्राले गर्दा शरिरमा थकाईको अनुभव छ भने हिज सुनेको एउटा एकदमै अप्रिय समाचारले मनमा छट्पटि भएको छ । अब केहिबेरमा सुत्ने कोशिष गर्नेछु ।