Spreading love, joy and peace.
18 Dec
“उदायो तारा आज, नील गगनको माझ
यो अन्धेरि रातलाई, उज्यालो बनाई दियो।
गाईको गोठमा पस्रेको प्रभु, पापी जन सबको उद्धार गर्न
जन्मे आज जन्मे प्रभु जगमा त्यो एकलो डोडैंमा
आनन्द मनाऔं यो शुभ रातमा सुसन्देश सुनाऔं सारा जगतमा
जन्मे आज जन्मे प्रभु जगमा ज्योतिका हाम्रा राजा”
यो पटकको क्यारलमा हामीले गाएको गीतहरु मध्य माथिको गीत पनि एक हो। काठमाडौंको जोरपाटीबाट शुरु भएको नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को ख्रीष्टमस साङ्गीतिक (क्यारल) कार्यक्रम गोङ्गबु हुँदै आज ललितपुरको जावलाखेलमा सम्पन्न भयो। नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) को “संयूक्त साङ्गीतिक झुण्ड” द्वारा प्रस्तुत गरिएको यो कार्यक्रम उपत्यकाको अझ तीन ठाउँमा गरींदै छ।
“आनन्द मनाऔं हर्ष मनाऔं
सत्य मुक्तिदाता येशू ख्रीष्ट
तिम्रो निम्ति मेरो निम्ति
दाउदको शहरमा आज जन्मिएको छ”
यस्तै यस्तै प्रकारको ख्रीष्ट जन्मोत्सवका गीतहरु गाईएको सो कार्यक्रममा सोहि चर्चका सिमोन पाठक अंकलले ख्रीष्टको जन्मको बारेमा केहि कुरा बोल्नु भएको थियो। ब्यस्त भएता पनि यो कार्यक्रममा भाग लिन पाउँदा निकै रमाईलो र आशिषको अनुभव भयो।
One Response for "उदायो तारा आज, नील गगनको माझ… (ख्रीष्टमस साङ्गीतिक (क्यारल) कार्यक्रम)"
ल ल धेरै धेरै रमाइलो गर्नु …….. god bless u
Leave a reply