Weblog.com.np

Spreading love, joy and peace.

Archive for October, 2007

असुर शक्तिमाथि सुरशक्तिको विजयको प्रतीकको रूपमा थाप्लोभरि टीका थाप्छौँ । तर, टीकाले निधार पोत्नुअघि आफ्नो घरआँगनदेखि मन्दिर, शक्तिपीठ, कोत र खलङ्गाहरूमा रगतको आहाल बग्ने गरी पशुपन्छीको बलि पनि चढाउँछौँ। दुःखलाग्दो कुरा के हो भने दशैँमा नै सबैभन्दा बढी पशुहिंसा हुने गर्छ। महानवमिका दिन देशभर हजारौं पशुको बलि दिएर मासु लुछ्ने काम हुन्छ। पुरानो दरबार हनुमानढोकामा त्यो रात कालरात्रि भन्दै रातभर लगाएर ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ। एउटा राँगालाई मार हान्दा अरु राँगा टुलुटुलु हेर्दै काल पर्खेर बस्नुपर्ने। उफ्..! त्यहाँ मात्र हैन, घर-घरमा बलि दिइन्छ। धर्मको नाममा यस्तो भईरहेको छ यदि पशुलाई असीम पिडा दिई आफु खुसी हुने देवता अथवा भगवान छन् भने उनी कसरी देवता हुनसक्छन्? वास्तवमा यो परम्परा बिग्रिएको मात्रै हो। हिन्दू धर्मले कहिले पनि हिंसा गर्न भनेको छैन। वेदमा अहिंसा परमोधर्म लेखिएको छ। त्यसमाथि हामी बुध्द जन्मिएको देशका वासी हौं। हामीले त्यसरी हिंसा गरेर रमाउनु हुँदैन। जसरी हामी देशमा गृहयुध्दका कारण फैलिएको हत्याहिंसाबाट आजित छौं, त्यसरी नै यो पशुहिंसाबाट पनि हामी बच्नुपर्छ। यो राक्षसी कामलाई परम्पराका नाममा जोगाएर राख्नुको कुनै अ‍ौचित्य छैन। शायद त्यस्तै हिंसाका कारणले पो हो कि हामीले कहिले कोतपर्व, कहिले जनयुध्दका नाममा मान्छेको रगत बगेको हेर्नुपरेको।

आफैभित्रको महिषासुर प्रवृत्तिको हत्या गर्न नसक्ने हामी महिषासुर वधको अनुभूति गर्न अबोध, निरीह र निर्दोष प्राणीको निर्मम हत्या गर्छौ । राँगा, बोका, भेडा, हाँस र कुखुराको पञ्चबलिको रगतले पखालिएको पत्थरको मूर्तिबाट उद्दण्ड महिषासुर प्रवृत्तिका असुरतत्वहरू निर्मूल हुन्छन् भन्ने विश्वासमा हामी यो गर्दैछौ। हो, हाम्रा देवता पत्थरका छन्, हाम्रा पत्थरमा देवता हुन्छन् र तिनका अगाडि असुरलाई पछार्नुपर्छ; तर ती निरीह राँगा, कालो बोका, कागे भेडा, हाँस र रातो भालेहरु असुर हैनन्। तिनमाथि हुने निर्मम व्यवहार र तिनको निर्दयी बध दशैँको पावन चाडको बेला पाशविक प्रवृत्तिको प्रदर्शन मात्र हो। हामी मानिस हौँ भने यसमा मानवीय विवेक किन प्रयोग गर्दैनौ?

क्रोध पनि मानिसको अभिन्न स्वभाव हो। क्रोधले क्रूरता जन्माउँछ, तर रमाउनका लागि क्रूर बन्नु सभ्य मानिसको संस्कार हैन। देवी, के भगवती, हुँदा हुँदा गणेशस्थानमा समेत राँगाको बलि चढाइएको हुन्छ। अरू देशका हिन्दू धर्मावलम्बीहरू समेत नेपालमा गणेशको पूजामा पशुपन्छीको बलि देखेर आश्चर्यचकित हुन्छन्। मानिस स्वयं प्राणी भएको नाताले अरु प्राणीको हिंसा गर्नु आफैँमा पाप हो। त्यसमा पनि क्रूर हिंसा अझ ठूलो पाप हुन्छ। झन् देवदेवीका नाममा यस्तो हिंसा गर्नु त महापाप नै हुन्छ। त्यसैले बलि दिने संस्कार अब त्याग्नु पर्छ। यसक्रममा सबभन्दा पहिले सरकारी बलि रोक्नुपर्छ, चाहे त्यो हनुमानढोकाको दरबारभित्र होस् वा विभिन्न कोतहरूमा। यसैगरी विभिन्न मन्दिरमा सिर्जिने रक्तकुण्डको पनि अन्त्य गर्न सक्नुपर्छ। मेसिन, मोटर, मोटरसाइकल, हवाइजहाजलाई समेत पशुबलि दिएर हिंसालाई प्रसय नदिउँ ।

जुन समाजमा समाजको सवभन्दा शान्त र हिंसारहीत हुनु पर्ने मन्दिर जस्तो ठाउँमा पनि हत्या हिंसा गरीन्छ निर्दोष पशुको धर्मको नाउँमा बली दिईन्छ त्यो समाज कसरी शान्त र प्रेमपुर्ण हुन सक्छ ? संवेदनशील सचेत बोध र प्रेमले भरीएको मानिसले आफ्नो स्वादको लागि अरुको जीवन लिनसक्दैन ।

साभार: www.RealNepal.com.np

  • 1 Comment
  • Filed under: Nepal
  • Some Photos Related to Dashain

    Sacrificing Animal during Dashain

    Sacrificing Animal by Nepal Army during Dashain

    Sacrificed Animal

    Sacrificed Animal during Dashain - Photo by Ashis Koirala

    Flower Seller

    Flower Sellers and Customer during Dashain (Photo by Kamero)

    Shova Bhagawati

    Shova Bhagawati Temple at Kathmandu

    Lighting Light

    Devotees lighting lights during Dashain at Maitidevi Temple

  • 1 Comment
  • Filed under: Nepal, Photography
  • Sponsors

    Calendar

    October 2007
    M T W T F S S
    « Aug   Dec »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031