तिमीलाई प्रश्न ?
एक बोतल
एकै सासमा रित्याए ।
म मातिए ।
मातिए थाम्नै नसक्ने गरि ।
तिम्रो याद चर्कियो मनैभरि ।
म पिएरै पनि सक्छु सम्हालिन ।
तर जब
पिउने दायरामा तिम्रो याद थपियो ।
म ढलेछु ।
कतिखेर ढले र कहिले बिहानी भयो
थाहै भएन ।
के यस्तै हुन्छ तिम्रो याद ?
की रक्सी भन्दा चर्का छ तिम्रो मात ?
आवाज श्रेष्ठ
मौनबस्ती, ललितपुर


(1 votes, average: 4 out of 5)